पाकिस्तानमा गुडिरहेको बसमा ब’म फाल्यो, ९ जनाको मृत्यु, ३९ गम्भीर


इस्लामावाद : पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको ब’म विस्फो’टमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् ।

पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा ह’मला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ । सो बसमा रहेका अरु ३९ जना घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरू लिएर हिँडेको सो बसमा अज्ञात बन्दु’कधारीहरूले हम’ला गरेका थिए ।

बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले ब’म हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरूमध्ये अधिकांश गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

यहाँका सुरक्षाकर्मीहरूले उनीहरूलाई अस्पतालसम्म पुर्‍याएको छन् । उनीहरू उद्धारको काममा खटिरहेका बताइएको छ । यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन ।

यहाँका सुरक्षाकर्मीहरूले सो ब’म हम’लाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हम’लाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन । रासस

प्रकाशित : २०७८ असार ३०, बुधबार १३:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ