पाकिस्तानका पूर्वराष्ट्रपति हुसेनको निधन


काठमाडौं : पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार निधन भएको छ । लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा कराँचीमा निधन भएको हो ।

पाकिस्तान मुस्लिम लिग (पीएमएल)को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए ।

गतवर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो ।

हुसेनका श्रीमती र तीन छोरा छन् । राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ असार ३१, बिहीबार १३:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ