चीनमा बाढी र डुबानका कारण ५६ जनाको मृत्यु


चीनको मध्य क्षेत्रमा व्यापक वर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । स्थानीय अधिकारीका अनुसार बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेका छन् ।

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ । भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ ।

प्रकाशित : २०७८ श्रावण ९, शनिबार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ