अमेरिकामा एकसाथ २२ गाडी ठोक्किए, ८ जनाको मृत्यू


एजेन्सी : संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा आइतबार एउटा भया’नक दुर्घटना भएको छ । द न्युयोर्क टाइम्सका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो ।

आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा ती सवारी साधनहरू दुर्घटनामा परेका हुन् । सुरूमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किएका हुन् ।

मृत्यु हुनेमा बालबालिका पनि छन् । मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा रहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परी अरू १० जना मानिस घाइते भएका छन् ।

घाईतेहरूले एम्बुलेन्स र एयर एम्बुलेन्सबाट अस्पताल लगिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित : २०७८ श्रावण १२, मंगलवार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ