सुरक्षा कानुन उल्लंघन आरोपमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना


अमेजन कम्पनीलाई युरोपेली सङ्घ (ईयू)को तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ ।

लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले उक्त अभियोगका जरिवाना तोकिएको जानकारी सार्वजनिक गरेको हो । प्रविधि क्षेत्रको काम गर्ने कम्पनीले ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ । अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना तथ्यमा आधारित नरहेको भन्दै आफूले यसको जोडदार प्रतिरोध गर्ने जनाएको छ ।

लक्जेम्बर्गको तथ्याङ्क सुरक्षा निकाय, सीएनपीडीले १६ जुलाईमा त्यस्तो जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको भएपनि यो अहिले चर्चामा आएको हो । ठूला प्रविधि कम्पनीहरूमाथि गोपनीयता र गलत सूचनालाई लिएर निगरानी बढाइनुपर्ने चासो उठिरहेका बेला यस्तो निर्णय आएको हो ।

अमेजनका एक प्रवक्ताले ‘सेवाग्राहीको सूचना र विश्वासको सुरक्षा’ सुनिश्चित गर्नु आफूहरूको ‘उच्च प्राथमिकता’ भएको बताउँदै हल्लाका पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् । उक्त निर्णयको विरोधम सम्बन्धित निकायमा पुनरावेदन गरिने कम्पनीका प्रतिनिधिले बताएका छन् ।

प्रकाशित : २०७८ श्रावण १७, आईतवार १६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ