नदीमा बगिरहेको अवस्थामा ५० शव भेटियो


एजेन्सी : सुडानका अधिकारीहरूले कास्साला प्रान्तको एक नदीमा दर्जनौं शव बग्दै गरेको भेटिको बताएका छन् । ती शवहरू छिमेकी इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्र टिगरेबाट आएको उनीहरूको दाबी छ ।

अहिलेसम्म झन्डै ५० वटा शव फेला परेका छन् । नदीको वहाव तीव्र भएकाले धेरै शव बगरे गएको उनीहरूको भनाइ छ ।समाचार संस्था एसोसियट प्रेससँग कुरा गर्दै अधिकारीहरूले केही शवमा गोली लागेको र केहीको हात बाँधिएको अवस्थामा फेला परेको बताएका छन् ।

शव भेटिएका मानिसहरूको मृत्यु के कारण भएको भन्ने पत्ता लगाउन फरेन्सिक जाँच गर्नुपर्ने उनीहरूको भनाइ छ । सुडानको सीमामा काम गर्ने दुई जना इथियोपियाका स्वास्थ्यकर्मीले पनि शव फेला परेको पुष्टि गरेका छन् ।

सुडानमा सेटित र इथियोपियामा टेकेजे भनिने नदीमा शव भेटिएका हुन् । यो नदी नौ महिनादेखि लडाइँ भइरहेको टिगरे क्षेत्र भएर बग्छ । टिगरेमा आदिवासी टिगरेयनहरूले इथियोपियाका सैनिकले बर्बरता मच्चाएको बताएका थिए ।

टिगरेमा भएको भीडन्तमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् । केही समयअघि इथियोपियाको सैनिक टिगरेबाट फिर्ता भएको छ । गत नोभेम्बरमा इथियोपियाका संघीय सुरक्षाकर्मी र टिगरे क्षेत्रमा शासन गरिरहेको टिगरे पिपुल्स लिबरेसन फ्रन्टबीच लडाइँ सुरू भएको थियो ।

प्रकाशित : २०७८ श्रावण १९, मंगलवार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ