किरणले जिते ‘द भ्वाइस अफ नेपाल’को उपाधि


काठमाडौं : तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन् ।

शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरे ।ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर ‘कोच प्रमोद’ रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन ।

अमेरिकाबाट भ्वाइसकै लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठ महिनादेखि नेपालमा छन् । ‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए ।

झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए ।
किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि स्वर दिइसकेका छन् । उनले यसअघि इमेज एफएम, कालिका एफएम लगायतका चर्चित अवार्डहरू हात पारिसकेका थिए ।

तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित : २०७८ श्रावण २४, आईतवार ०६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ