अमेरिकी विमानबाट मानिस खसेको भिडियो बन्यो भाइरल


काठमाडौं : विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा देश छाडेर जानेको संख्या बढेको छ ।

सार्वजनिक दृश्यहरुमा राजधानी काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा देश छाडेर जानेहरुको भीडले भद्रगोल मच्चिएको देख्न सकिन्छ । विमानमा चढ्न मानिसहरुले भागदौड गरेको भिडियोहरु सार्वजनिक भइरहेको छ ।

उडेको विमानबाट केही खसेको जस्तो देखिएको भिडयो पनि सार्वजनिक भएको छ । विभिन्न संचार माध्यमले उक्त विमानबाट दुई व्यक्ति खसेको भन्ने दावी गरेका छन् । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ