तालिवानले दिए सरकारी कर्मचारीलाई आममाफी, काममा फर्कन आग्रह


काबुल : अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेको छ ।

काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो । ‘हामीले सबैलाई आममाफी दिने घोषणा गरेका छौं । अब तपाईंहरुले पूर्ण आत्मविश्वासका साथ काममा फर्कनुपर्छ,’ तालिवानद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

सत्ता नियन्त्रणमा लिएपछि यतिबेला तालिवानी नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने तालिवानको भनाई छ ।

अघिल्ला राष्ट्रपति असरफ घानी सरकारको मातहतमा रहेर काम गरेका सरकारी कर्मचारी त्रासका कारण काममा फर्किएका थिएनन् ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ