प्रदेश २ ले संघीय सरकारविरुद्ध हालेको ४ मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश


जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो । यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो ।

करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरेको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे उल्लेख गरेका छन् ।

प्रदेश २ सरकारले अधिकार क्षेत्रसम्बन्धी विवादमा ०७७ भदौ २० गते, ३० गते र मंसिर १८ गते गरी ३ चरणमा संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार १९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ