उत्तर प्रदेशका पूर्व मुख्यमंत्री सिंहको निधन, मोदीद्वारा श्रद्धान्जली अर्पण


भारतको उत्तर प्रदेशका पूर्व मुख्यमंत्री एवं भाजपा बरिष्ट नेता कल्याण सिंहको निधन भएको छ ।

८९ वर्षको उमेरमा शनिवार पूर्व मुख्यमंत्री सिंहको निधन भएको हो । उनी लामो समयदेखि विरामी थिए ।  डेढ महिनादेखि लखनऊको एसजीपीजीआई अस्पतालमा उनको उपचार चल्दै थियो ।

सिंहको पार्थिक शरिर आफ्नै आवासमा राखिएको र अंतिम दर्शन गर्न राजनीतिक हस्तिहरुको आवत जावत जारी रहेको आजतकले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निवास पुगेरै उनीप्रति श्रद्धांजली अर्पण गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र ६, आईतवार ११:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ