अफगानिस्तान विमानस्थलमा विष्फाेट: अमेरिकी सेनासहित १३ जनाकाे मृत्यु


अफगानिस्तानकाे राजधानी काबुल बिमानस्थलमा भएका श्रृङ्खलावद्ध विष्फो’टमा कम्तीमा १३ जनाको ज्यान गएको छ । मृत्यू हुनेमा अमेरिकी सेना पनि छन् । अमेरिकी सेनासहित कैयाै घाइते भएकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।

तालिबानले पनि विष्फो’टकाे पुष्टि गरेकाे छ भने पेन्टागनले घटनाका थप विवरणहरू प्राप्त भइरहेकाे जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले ब्रिटिस सैनिकले पहरा दिइरहेकाे एबी प्रवेशद्वार नजिक कम्तीमा २ ओटा विष्फाे’ट भएकाे जनाएका छन् ।

तालिबानको नियन्त्रणपछि अफगानिस्तान तनावग्रस्त छ । विमानस्थललाई अमेरिका तथा उसका नेटो गठबन्धनका सैनिकहरूले नियन्त्रणमा लिएर मानिसहरूको उद्धार गरिरहेका छन् ।

यसअघि बाइडेनले अफगानिस्तानको अस्थिरताका बीच विभिन्न अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूले आक्रम’ण गर्नसक्ने भन्दै चेतावनी दिएका थिए ।

प्रकाशित : २०७८ भाद्र १०, बिहीबार २१:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ