जापान फर्कन नपाएका नेपालीलाई प्रवेश खुल्यो, यस्ता नियम पालना गनुपर्ने


कोरोना भाइरस संक्रमणको विश्वब्यापी महामारी कारण जापानबाट नेपाल गएर उतै रोकिएका हजारौं नेपालीलाई जापान सरकारले पुनः प्रवेश दिने भएको छ । डीपेन्डेन्ट, विद्यार्थी भिसामा आउनको लागि सीओइ प्राप्त गरिबसेकाहरुले पनि अब जापानको प्रवेश अनुमति प्राप्त गर्नेछन् ।

हालै जापानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी सीसोइ प्राप्त ब्यक्तिहरुलाई अब बिस्तारै जापान प्रवेशका लागि अनुमाति दिन लागेको जनाएको छ । यो जानकारीसंगै हजारौं नेपाली जापान प्रवेश गर्ने चरणमा छन् । जापानले नेपाल लगायत भारत, श्रीलंका, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स लगायतका देशबाट जापान प्रवेशमा लगाइएको रोक सेप्टेम्बर १९ देखि हटाएको हो ।

जापान जानुअघि र गएपछि यस्ता छन् पालना गनुपर्ने नियम
जापान प्रवेशका लागि ७२ घण्टा भित्रको पिसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने छ भने आफनो स्मार्ट मोवाईल फोनमा ३ एप्लिकेसन डाउनलोड गर्नुपर्ने छ । ती एप्लिकेसनमा कन्टयाक्ट ट्रेसिग एप र स्काइप रहेको छ ।

त्यसैगरी जापान पुगिसकेपछि विमानस्थलमा परीक्षण हुनेछ । परीक्षण नतिजा नेगेटिभ आएमा ३ दिन जापान सरकारले तोकिएको होटल क्वारेन्टाइनमा बस्नु पर्नेछ । यसको खर्च जापान सरकारले ब्यहोर गर्ने छ । चौथो दिन पुनः परीक्षण गरी आफ्नो घर जान सकिने छ । यदि परीक्षण नतिजा पोजेटिभ आएमा तोकिएको स्थानमा उपचारमा बस्नु पर्नेछ ।

त्यसै गरी चौथो दिन होटलबाट घरमा जान सार्वजनिक सवारी साधन प्रयोग गर्न पाइने छैन । निजी सवारीको प्रयोग गर्नु पर्ने छ र यसको व्यवस्था आफैं गर्नु पर्नेछ । होटलबाट घरमा जानु अघि जापान इमिग्रेसनमा कोभिड १९ नियन्त्रणका सबै उपाय नियमहरु पालन गर्नेछु भनि लिखित कागज गर्नुपर्छ नियम पालन नगरेको खण्ड कानुन अनुरुप सजायको भागिदार हुनु पर्नेछ । यी सबै प्रक्रिया पूराा गरी घरमा पुगेको १४ दिन पश्चात आफ्नो दैनिकी सुरु गर्न सकिने छ ।

काठमाडौंमा भिसा प्रक्रिया सुरु
यसैगरी नेपालस्थित जापान दूतावासको भिसा आवेदन स्वीकृत गर्ने भीएसएफले आवेदन लिन सुरु गरेको समाचार छ । काठमाडौंस्थित एजेन्सी मार्फत जापान दूतावासले भिसा आबेदन लिने गरेको थियो । जापानमा बिभिन्न भिसामा करिब एक लाख नेपाली रहेको अनुमान गरिएको छ । नेपालबाट जापानसम्म नेपाली ध्वजाबाहक नेपाल एयर लाइन्सको सिधा उडान समेत रहेको छ ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ