दिल्लीको अदालतभित्रै गोली चल्यो, तीन जनाको मृत्यु


एजेन्सी : दिल्लीको रोहिणी अदालतको कोर्ट नम्बर एक परिसरमा शुक्रबार ग्याङ्गफाइट भएको छ । फाइटमा गोली हानी ग्याङस्टार जितेन्द्र गोगीको हत्या गरिएको हो ।

उक्त घटनामा गोगीसहित कुल तीन जना मारिएका छन् । गोली हानाहानमा ३ देखि ४ जना घाइते भएका छन् । रिपोर्टका अनुसार गोगी अदालतमा उपस्थित हुन आएका थिए। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय मिडियाका अनुसार राइवल टिल्लू ग्याङ्गका दुई सदस्य वकिलको भेषमा आएका थिए । उनीहरूले कोर्ट रुम नम्बर २०७ मा न्यायाधीश गगनदीप सिंहको अगाडि नै गोगीमाथि गोली हानेका थिए ।

प्रहरीको स्पेशल सेलको जवाफी कारबाहीमा दुवैको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । घटना विषयमा अनुसन्धान भइरहेको त्यहाँका प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार २०:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ