भारतमा नेपाली बालिका बलात्का’र गर्नेलाई फाँ’सीको सजाय


काठमाडौं : भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिकामाथि बलात्का’र गर्ने एक युवालाई भारतको अदालतले फाँ’सीको सजा’य सुनाएको छ ।

चार बर्षीया सौतेली बहिनीलाई बलात्का’र गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँ’सीको सजा’य सुनाएको हो ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुवा-आमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए ।

प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले आरोपीलाई फाँ’सीको सजा’य सुनाएको हो । उक्त सजा’य भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ