मिस नेपाल युएस २०२१ को उपाधि प्रतिक्षालाई, शीर्ष दशमा को- को ? हेर्नुस्


न्यूयोर्क : ‘मिस नेपाल युएस २०२१’ को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा उनले दश प्रतिस्पर्धीलाई पछि पारिन् ।

कला न्यौपाने फस्ट रनरअप एलिसा लिम्बु सेकेन्ड रनरअप घोषित भए । विजेताले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर जिते । मिस नेपाल आयोजक संस्थाको दशौं वार्षिकोत्सव अन्तर्गत यसपटक फिनाली आयोजना गरिएको हो ।

शीर्ष दशमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ ,सोन्यासा थापा तथा एलिशा लिम्बु पुगेका थिए । पूर्वमिस नेपाल माल्भिका सुब्बाले भर्चुअल माध्यममार्फत यसपटक ग्रुमिङ सिकाएका थिइन् ।

अमेरिकी सरकारले ट्रेडमार्क उपलब्ध गराएपछि पहिलोपटक पेजेन्ट आयोजना भएको हो । क्विन्स थिएटरमा आयोजना भएको फिनाली अघि कार्यक्रममा भाग लिनेको कोभिड-१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्कबाट अमित शाहले सुरु गरेका थिए ।

पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् । कार्यक्रममा ८० हजार अमेरिकी डलरको छात्रवृत्ति नेपाली डायस्पोराका महिलालाई प्रदान गर्ने घोषणा भएको थियो ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ