मलेसियामा एक नेपाली मजदुरको मृत्यु


दोहा : लेसियामा कार्यरत एक नेपाली मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक महादेवटार ८ का टेक बहादुर तामाङ रहेका छन् ।

तामाङ मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

​बैदेशिक रोजगारीको सिलसिलामा तामाङ ९ वर्षअघि मलेसिया पुगेका थिए । उनी विगत केही महिनादेखि प्रेसरको रोगी रहेको र डाक्टरको सल्लाह अनुसार नियमित औषधी समेत सेवन गरिरहेको थिए ।

तामाङको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्काउने तयारी थालिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ