भारतमा गुलाब चक्रवातले १२ जनाको ज्यान लियो


गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ ।

महाराष्ट्रमा दुई दिनमा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।

चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएको थियो ।

प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ । गएको शनिवार बङ्गालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार ०८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ