फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम


एजेन्सी : फ्रान्समा एउटा बंगलाको भित्तामा भेटिएका सुनका सिक्काको लिलामी गरिएको छ । फ्रान्सेली क्रान्ति हुनुभन्दा पहिलाका ती सिक्का ढुंगाको काम गर्ने कालिगढले उत्तर पश्चिमी फ्रान्सको केन्पर सहरमा एउटा बंगला पुनर्निर्माण गर्दा फेला पारेका थिए ।

बेलायती समाचार पत्र द गार्डियनका अनुसार सन् २०१९ मै उनीहरूले सुनका सिक्का फेला पारेको भए पनि यो घटना सार्वजनिक भएको थिएन । उक्त सम्पत्तिका मालिकले चार वटा सिक्का आफूले राखेर बाँकी २३५ सिक्का लिलामीमा राखेपछि घटना बाहिर आएको हो ।

बुधबार ती सिक्का १२ लाख डलर (१४ करोड भन्दा बढी रुपैयाँ) मा बिक्री भएका छन् । लिलामीकर्ताले ती सिक्का तत्कालीन समयका धनी व्यापारी वा जमिनदारले बचतका रूपमा राखेको हुन सक्ने बताएका छन् ।

सिक्का लिलामबाट आएको पैसा सम्पत्तिका मालिक र सिक्का पत्ता लगाउने तीन जना कालिगढले बाँडेर लिने जनाइएको छ । कालिगढको जीवन नै बदलियो छ । अहिले ति कालिगढको विश्वभर चर्चा भइरहेको छ ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १२:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ