हवाई उडान पुनः सञ्चालन गर्न भारतलाई तालिबानको आग्रह


नयाँ दिल्ली : अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइआएको हवाई उडानलाई सञ्चालन गर्न भारत सरकारसँग आग्रह गरेको छ। तालिबान सरकारका एक अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु नियमित गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो ।

तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिनअघिदेखि इस्लामाबाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् । भारतले भने तालिबान शासनको विरोध गरिरहेको छ । त्यसैले अहिले तत्काल उडान पुनः सञ्चालन नगर्ने बताइएको छ ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १३:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ