भारतमा आन्दाेलित किसानहरूमाथि मन्त्रीका छाेराले कार कुदाए : ८ जनाकाे मृत्यु, गान्धी पक्राउ


भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान उत्तरप्रदेशस्थित सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर प्रदेशको लखिमपुर खिरीमा जारी किसानहरूको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । लखिमपुर खिरीमा भइरहेको प्रदर्शनका क्रममा केही किसानहरू मारि’एका खबर छ । बीबीसी हिन्दीले विराेध प्रदर्शनका क्रममा ८ जना किसानकाे मृत्यु भएकाे जनाएकाे छ ।

भारतका केन्द्रीय राज्यमन्त्री आशिष मिश्रका छाेराले धर्नामा बसेका किसानहरूमाथि कार कुदाएपछि ४ जनाकाे मृत्यु भएकाे बताइएको छ । त्यसपछि हिं’सा भड्किँदा थप चार जना गरी ८ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटनापछि कांग्रेस महासचिव गान्धी लगायतका नेताहरू त्यहाँ जाने क्रममा प्रहरीले रोकेको हो । मृतकका परिवारलाई भेट्न जाने क्रममा गान्धीलाई हिरासतमा लिइएको र त्यसक्रममा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झपड’ पनि भएको छ ।

कांग्रेस नेता दीपेन्द्र सिंह हुड्डाले प्रियंका गान्धीलाई हिरासतमा लिने क्रममा पुरुष प्रहरीले उनीमाथि हातपात गरेको आरोप लगाएका छन् । प्रियंका गान्धीले आफ्नो गिरफ्तारीको वारेन्ट नोटिस देखाउन माग गरेकी थिइन् । उनले आफूलाई जबर्जस्ती हिरासतमा लिए अपह’रण ठहरिने चेतावनी दिइन् ।

अर्काेतिर लखिमपुरमा किसान नेता र स्थानीय प्रशासनबीच वार्ता भइरहेको छ । भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा केही किसानको मृत्यु भएपछि लखिमपुर तना’वग्रस्त छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ