५ घण्टा बन्द हुँदा फेसबुकले गुमायो ५.९ बिलियन डलर, जुकरबर्ग अर्बपतिको सूचीबाट तल झरे


एजेन्सी : पाँच घन्टा फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ । योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका छन ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोर्ब्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन । फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ ।

यस अघि सन २०१९ मा फेसबुक १४ घन्टा बन्द भएको थियो । फेसबुक २ कारणले हिजो दबाबमा थियो । पहिलो- स्टक बजारमा घट्दो सेयर र दोश्रो- आज अमेरिकी संसद्मा फेसबुकबारे छलफल हुँदैछ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ