सिके राउतलाई पक्राउ गर्न माग


काठमाडौं : नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

शुक्रवार माइतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सिडिई राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपराधिक कार्यविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रम’ण हुनुले  कानुनको धज्जी उडाएको बताए

उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हुन थालेको बताएका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर उपमहानगरपालिका-८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्य’वहार गरेका थिए ।

प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार २०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ