बलिउडका दिग्गज अभिनेता हुसेनको निधन


मुम्बई । बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता यूसुफ हुसेनको काेराेना संक्रमणका कारण निधन भएको छ । उनी ७३ वर्षका थिए । उनकाे मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएकाे हाे ।

फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका छन् । हंसलले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै उनको निधनको जानकारी दिएका हुन् । उनको जानकारीसँग बलिउडका कैयौं कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

हंसलले सामाजिक सञ्जालमा यूसुफको तस्वीर शेयर गरेका छन् । ‘मैले शाहिदको दुई सेड्युल पुरा गरेको थिएँ र म फसें । म समस्यामा थिएँ । एक फिल्ममेकरका रुपमा मेरो करियर समाप्त हुँदैन थियो । त्यही बेला उनी मेरो अगाडि आए र आफूसँग फिक्सड डिपोजिट रहेको जानकारी दिए । उनले ‘यदि तिमी यति नै समस्यामा छौ भने त्यसको केही काम छैन’ भनेर उनले चेक बनाए र शाहिद पुरा भयो । यस्ता थिए युसुफ हुसैन । एक ससुरामात्र नभई एक पिता । यदि जीवन हुन्छ भने उनको रुपमा रहोस्’, हंसलले लेखेका छन् ।

उनले स्वर्गमा रहेका सबै युवतीका लागि उनी विश्वकै सुन्दर युवती र युवकका लागि हँसिला जवान रहेको उल्लेख गरेका छन् । हंसलले युसुफकी छोरी सफीनासँग विवाह गरेका छन् । युसुफले ‘विवाह’, ‘धुम २’, ‘दिल चाहता है’, ‘रईस’, ‘राज’, ‘हजारौं ख्वाइसे ऐसी’, ‘ओ माइ गड’, ‘कृष ३’, ‘दबंग ३’ जस्ता कैयौं फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक १३, शनिबार १०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ