अमेरिकी राष्ट्रपति बाइडेनले पनि मनाए दिवाली


अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाएका छन् । बाइडेनले दीपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका हुन् ।

उनले आफ्नो ट्विटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दीपावलीको शुभकामना दिए । तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन् ।

बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए । ‘दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ,’ उनले लेखेका छन् ।

राष्ट्रपति बाइडेनले अमेरिका र विश्वभर दीपावली मनाउने हिन्दु, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिएका छन् । उनको अहिले विश्वभर चर्चा चलेको छ ।

प्रकाशित : २०७८ कार्तिक १९, शुक्रबार ०७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ