चेन्नईमा भारी वर्षा : शहर डुब्यो, कलेज र विद्यालय बन्द


एजेन्सी । भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् ।

वर्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज बन्द गरिएका छन् । शनिबार राती चेन्नईमा सन् २०१५ पछिकै धेरै वर्षा भएको थियो । अबिरल वर्षाका कारण केहीशहर नै जलमग्न बनेका थिए । प्रभावित क्षेत्रमा नेसनल डिजिस्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) परिचालन गरिएको छ ।

फोर्सले प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालीन सहयोग गरेको छ । सरकारी अधिकारीहरुलाई हाई अलर्टमा राखिएको छ । ठाउँ ठाउँमा अझै पनि वर्षा रोकिएको छैन ।

चेन्नईमा अझै तीन दिन वर्षा हुने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा भइरहेकोले आफ्नो पूर्व निर्धारित भ्रमण रद्द गर्न चेन्नईका मुख्यमन्त्री एम के स्टालिनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रकाशित : २०७८ कार्तिक २२, सोमबार १०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ