जनकपुरका मेयरले चलाए झाडु, रक्ताम्य सडक सफा गरियो


जनकपुरधाम, २० असोज । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले राजदेवी मन्दिर वरिपरि सोमवार विहान सफाई गरिएको छ ।

अष्टमी तिथिका दिन माता राजदेवी मन्दिरमा बोकाबली पश्चात सडक रक्ताम्य र फोहरमय बनेको थियो । त्यसलाई मेयर साह र उपमहानगरपालिका कर्मचारीहरुले सोमवार विहानै सफाई गरिएको छ ।

वारुण यन्त्र लगायतको साधन स्रोत लिएर मेयर साहले विहानै राजदेवी मन्दिरको पश्चिमवारी, उत्तरवारी तथा पूर्ववारी सडकलाई सफाई गरिएको हो । आईतवार साँझ ८ बजेदेखि राजदेवी मन्दिरमा शुरु भएको बोकाबली राति ३ः३० बजेसम्म भएको थियो ।

प्रत्येक वर्ष बोकाबाली पश्चात् राजदेवी मन्दिर वरिपरि रक्तमय भएपछि गन्हाउने गर्दछ । तर यस पटक मेयर साहले आफ्नै नेतृत्वमा कर्मचारीहरुलाई लिएर त्यसलाई सफाई गरिएको छ ।

धार्मिक साँस्कृतिक नगरी जनकपुरधाममा कुनै प्रकारको गलत सन्देश नजाओस् त्यसलाई मध्यनजर गरी मेयर साहले आफै सफाई समाग्री लिएर सफाई गरिएको जनाइएको छ ।

प्रकाशित : २०७६ आश्विन २०, सोमबार ०६:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ