भारतको आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यू, दर्जनौं मानिस बेपत्ता


आन्ध्र प्रदेश । भारतको आन्ध्र प्रदेशमा आएको अबिरल वर्षापछिको बाढीका कारण कम्तिमा १७ जनाको मृत्यु भएको छ । बाढीले दर्जनौं मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फँसेका चार जनाको उद्दार कार्य जारी छ । बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फँसेका छन् ।

तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयांै तीर्थयात्री अलपत्र परेका छन् । सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फँसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ ।

त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् । बिहीबारदेखि परेको बर्षाका कारण चेयुरु नदी बहाब बढेको छ । बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।

प्रकाशित : २०७८ मंसिर ५, आईतवार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ