Breaking- नेपालमा बिहेको गाडी दुर्घटना, ५ जनाको मृत्यू


बैतडी । जन्ती बोकेको (बिहेको) जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । देहिमाडौँबाट  जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिकाको कलुवाड मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यू हुनेको संख्या ५ पुगेको प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘कम्तीमा ५ जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ ।’ दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको  छैन  ।

घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  दुर्घटनाको कारण खुल्न सकेको छैन ।  रासस

प्रकाशित : २०७८ मंसिर ५, आईतवार २२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ