प्रभास बने भारतकै महंगो अभिनेता, एउटै फिल्म खेल्न १५० करोड लिए


मुम्बई । फिल्म ‘बाहुबली’ जस्तो ब्लकबस्टर फिल्म दिएका दक्षिण भारतीय अभिनेता प्रभास भारतकै सबैभन्दा ठूलो स्टार बनेका छन् । उनको स्टारडमसँगै उनी महंगो अभिनेता पनि दरिएका छन् ।

प्रभासको लोकप्रियता भारतमा मात्र नभई विश्वभर नै फैलिएको छ । हिन्दी भाषामा उनको जबरदस्त फ्यान फलोइङ छ । उनको हातमा अहिले ठूला बजेटका फिल्म धेरै छन् । जसमा ‘राधे श्याम’, ‘सालार’, ‘आदिपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’ छन् ।

प्रभासको रिलिज हुन लागेका धेरै फिल्म निर्माता भूषण कुमारले बनाएका हुन् । प्रभासले सन्दीप रेड्डी वांगाको फिल्म ‘स्प्रिट’को लागि १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनले फिल्म ‘आदिपुरुष’मा पनि १ सय ५० करोड नै पारिश्रमिक लिएका थिए ।

अभिनेता सलमान खानले फिल्म ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’का लागि सय करोड बढी पारिश्रमिक लिएका थिए । सलमान पछि पछिल्लो १० वर्षमा सय करोड भन्दा बढी पारिश्रमिक लिने अभिनेतामा अक्षय कुमार पर्दछन् । उनले फिल्म ‘बेल बटम’बाट सय करोड पारिश्रमिक लिएका थिए ।

प्रकाशित : २०७८ मंसिर ८, बुधबार १४:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ