श्रीलंकामा पनि भेटियो ‘ओमिक्रोन’ भाइरस


काठमाडौं । घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ । उनलाई हाल क्वारेन्टिनमा राखिर उपचार गरिरहेको बताइएको छ ।

तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ । अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए । उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो ।यो भाइरस केही दिनमा नै विश्व्का विभिन्न देशमा देखिइसहेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ ।

प्रकाशित : २०७८ मंसिर १८, शनिबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ