भारतमा सुरक्षा बल र स्थानीयबीच झडप, १३ जनाको मृत्यु


भारतको भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डको मोन जिल्लामा शनिबार राति सुरक्षा बल र स्थानीयबीच हिंसात्मक झडप भएको छ। सुरक्षा बलको गोलीबारीमा १३ युवाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।

मृतकको संख्या अझ बढ्न सक्ने पनि बताइएको छ। आतंकवादी संगठन एनएससीएनसँग युवा संलग्न भएको आशंकामा यो गोलीबारी गरिएको बताइएको छ । रिपोर्टका अनुसार घटनापछि आक्रोशित गाउँलेहरूले सुरक्षा बलको गाडीमा आगजनी गरेका थिए ।

आक्रमणमा मारिएकाहरू पिकअप मिनी ट्रकबाट फर्किरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।नागाल्याण्डका मुख्यमन्त्री नेफिउ रियोले घटनाको निन्दा गरेका छन् । यसको उच्चस्तरीय एसआईटीले अनुसन्धान गर्ने उनले बताए ।

केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीटमा लेखेका छन्, ‘नागाल्याण्डको ओटिंगमा भएको दुर्भाग्यपूर्ण घटनाबाट दुःखी छु । म ज्यान गुमाउनेहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । राज्य सरकारले यसबारे उच्चस्तरीय एसआईटी जाँच गर्नेछ । शोक सन्तप्त हुन सक्छ । परिवारले न्याय पाउँछन् ।’

प्रकाशित : २०७८ मंसिर १९, आईतवार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ