भारतमा एकैदिन भेटियो १७ जना ओमिक्रोनका संक्रमित


काठमाडौं । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र गतिमा फैलिने संकेत देखिएको छ । आईतवार एकैदिन थप १७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । योसँगै भारतमा हालसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट चिन्ताको विषय भएको जनाएको छ । यो भेरियन्टबाट मानिसहरु बढी डराइरहेका छन् । भारतमा ओमिक्रोनको संक्रमण बढ्दै गए नेपाल समेत प्रभावित हुने विज्ञहरु बताउँछन् ।

प्रकाशित : २०७८ मंसिर २०, सोमबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ