हेलिकोप्टर दुर्घटना : भारतका सेना प्रमुख रावत, उनको पत्नीसहित १३ को मृत्यु


काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको छ । तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको निधन भएको हो ।

भारतीय वायु सेनाले रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको जनाएको छ । निधन हुनेहरुमा सेनाका उच्च अधिकारीहरु छन् । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो ।

रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए । उनको निधनको पुष्टि भएपछि गृहमन्त्री राजनाथ सिंह र सेनाका अधिकारीहरु दुख व्यक्त गरेका छन् ।

प्रकाशित : २०७८ मंसिर २२, बुधबार १८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ