हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा आगो लागेपछि…


एजेन्सी । बुधबार दिउँसो हङकङको ३८ तले वर्ल्ड ट्रेड सेन्टरमा आगलागी भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार इलेक्ट्रिकल स्विच रूमबाट सुरू भएको आगलागीले भवनभरि धुँवा फैलिएको छ ।

स्थानीय सरकारी अधिकारीका अनुसार उक्त भवनको पार्किङ र केही तलामा पुनर्निर्माणको काम भइरहेको थियो । बुधबार दिउँसोको खाना खाने बेलामा आगलागी भएको हो । अहिलेसम्म १२ सयभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ भने १३ जना घाइते भएका छन् ।

घाईतेमध्ये केहीलाई अस्पताल भर्ना गरिएको छ । तलबाट धुँवा आउन थालेपछि मानिसहरू भवनको छतमा गएका थिए । उनीहरूलाई अग्नि नियन्त्रकहरूले भर्‍याङको प्रयोग गरेर उद्धार गरेका थिए । आगो नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित : २०७८ मंसिर २९, बुधबार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ