धनुषाका विपन्न परिवारलाई खाद्यान्न र जाडोको लुगा सहयोग


टुडेखोज, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका ६ सिरसियाका एक विपन्न परिवारलाई मधेश युवा संघले राहत प्रदान गरेको छ ।

आर्थिक अवस्था कमजोर रहेका पथरा टोलका स्गय गरवा यादवका परिवारलाई जाडोको लुगा र खाद्यान्न सामग्री सहयोग गरिएको छ । माँ लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोष यादवको पहलमा यादव परिवारलाई मधेश युवा संंघले राहत सहयोग गरेको हो ।

यादव परिवारलाई १ क्विनटल चामल, १० किलो आलु, ५ किलो दाल, ३ लिटर खाने तेल, ५ किलो नुन, २ दर्जन साबुन, २४ पिस बिस्कुट, एउटा सिरक, २ मछजाली, ५ टोपी ५ पिस सुईटर हस्तान्तरण गरिएको छ । राहत प्रदान गर्न मधेश युवा संघका शम्भु चौधरी पनि पुगेका थिए ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १२:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ