ओमिक्रोनबाट जोगिन लकडाउनको घोषणा,


काठमाडौं । कोराना भाइरसको नयाँ भेरियन्ट ६७ भन्दा बढी देशमा फैलिसकेको छ । तिब्र गतिमा ओमिक्रोन फैलिन थालेपछि मानिसहरु त्रसित बनेका छन् । पछिल्लो समय नेपाल र भारतमा समेत ओमिक्रोन पुष्टि भइसकेको छ ।

युरोपेली मुलुक नेदरल्याण्डमा आजदेखि लकडाउन घोषणा गरिएको छ । नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले पत्रकार सम्मेलनमार्फत् आइतबार बिहान ५ बजेदेखि लकडाउन लगाएको घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै पसल, बार, सिनेमा घर, म्युजियम र नाटकघर जनवरी १४ सम्म बन्द रहने उनको भनाइ छ ।

लकडाउन लागेसँगै जनवरी १४ गतेसम्म घरभित्र हुने जमघटमा २ जनाभन्दा मानिस फेला हुन पाउने छैनन् । तर क्रिसमस र नयाँ वर्षमा भने ४ जनासम्म फेला पाउने छन् । बाहिर हुने जमघटमा पनि बढीमा २ जना मानिस मात्रै फेला हुन पाउने छन् । त्यस्तै, सबै विद्यालय एवं विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप जनवरी ९ गतेसम्म बन्द हुनेछन् ।

जनवरी ३ गते बस्ने मन्त्रिमण्डल बैठकले उक्त मितिपछि विद्यालय खोल्ने वा नखोल्ने भनेर निर्णय गर्ने आरटीएल न्युजले जनाएको छ । यसबाहेक, अधिकांश इन्डोर खेलकुद केन्द्र बन्द गरिने छ तर स्विमिङ केन्द्र भने खुला राखिने छ । तर बाह्य खेलकुद स्थल सबै उमेर समूहका लागि खुला राखिने छ ।

यसैबीच, शनिबार नै विश्व स्वास्थ्य संगठनले समुदायमा संक्रमण देखिएका मुलुकमा ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिइरहेको बताएको छ । डेढ दिनदेखि ३ दिनभित्रमा यसका संक्रमित दोब्बरले बढेको संगठनको भनाइ छ ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ