भारतमा १२ घण्टाभित्रै २ नेताको ह’त्या, प्रशासनले लगाए कर्फ्यू !


भारतको केरल राज्यमा १२ घण्टामै दुई नेताको ह’त्या भएको छ । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको ह’त्या भएको हो ।

शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको ह’त्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् । राति घर जाने क्रममा चक्कु प्रहार गरी ह’त्या गरिएको थियो ।

कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएपछि उनीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासनको ह’त्या भएको छ । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपाको ओबीसी मोर्चाका प्रान्तीय सचिवसमेत रहेका श्रीनिवासन हालै सम्पन्न विधानसभा चुनावमा उम्मेदवार थिए । दुई नेताको ह’त्या लगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ ।

केरलका मुख्यमन्त्री पिनराई विजयनले ह’त्याको निन्दा गर्दै संलग्नलाई कडा कारबाही गरिने बताएका छन् । ‘यस खालको जघन्य एवं अमानवीय हिं’सा राज्यका लागि खतरनाक छ’, पत्रकार सम्मेलनमा बोल्दै विजयनले भने, ‘सबै मानिसले यस्ता ह’त्यारा समूहको पहिचान गरी एक्ल्याउने छन् भन्नेमा म विश्वस्त छु ।’

भाजपा र एसडीपीआईले एकअर्कामाथि ह’त्याको दोष लगाएका छन् । भाजपाका प्रान्तीय अध्यक्ष के सुरेन्द्रनले ६० दिनको अवधिमा आफ्ना ३ जना नेताको निर्मम ह’त्या भएको र आततायी समूहले राज्यलाई अस्थिर बनाउन खोजेको बताएका छन् ।

तर एडीपीआईले भाजपाको वैचारिक गुरु आरएसएसमाथि हमलाको योजना बनाएको आरोप लगाएको छ । ‘यो राज्यमा साम्प्रदायिक हिं’सा सिर्जना गर्ने र साम्प्रदायिक सदभाव खल्बल्याउने संघ परिवारको एजेन्डाको एक अंग हो’, सो पार्टीका प्रमुख एमके फैजीले भने ।

प्रकाशित : २०७८ पुष ४, आईतवार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ