क्रिसमस र नयाँ वर्ष लक्षित कार्यक्रमहरु रद्द गर्न WHO को आग्रह


काठमाडौं । तीब्र गतिमा विश्वभर फैलिरहेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न विश्व स्वास्थ्य संगठन (WHO)ले आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले एक सन्देश जारी गर्दै जनस्वास्थ्यको रक्षाका लागि क्रिसमस र नयाँ वर्षलक्षित योजना रद्द गर्न अनुरोध गरेका हुन् । सन्देशमा डा. गेहब्रेयससले भनेका छन्, “जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो । ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको छ ।”

यो अवस्थामा क्रिसमस र नयाँ वर्षका लागि तय गरिएका कार्यक्रमहरू रद्द गर्नु वा पछाडि सार्नु उपयुक्त हुने उनको भनाइ छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीब्र गतिमा फैलिरहेकाले सतर्कता अपनाउन पनि उनले अपिल गरेका छन् ।

प्रकाशित : २०७८ पुष ६, मंगलवार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ