यि शासकले ८० अर्ब रुपैयाँ तिरेर पत्नीसंग सम्बन्ध बिच्छेद गरे !


पछिल्लो समय पति- पत्नीबीच सम्बन्ध बिच्छेदको धेरै घटना सार्वजनिक हुन्छ । पत्नीले चाहेमा पतिबाट अंश पनि लिन्छन् । धेरैले लिएकी पनि छन् । तर कति १० लाख, २० लाख वा करोडमा लिएको सुन्नु भएको होला ।

तर दुबईका अर्बपति शासक शेख मोहम्मद बिन राशिद अल मकतुमले पत्नी प्रिन्सेस हया बिन्त अल हुसेनलाई करिब ८० अर्ब रुपैया (५० करोड पाउण्ड) तिर्ने भएका छन् । उनीहरुबीच सम्बन्ध विच्छेदका लागि अनुमति प्राप्त भएको छ ।

यसलाई बेलायती कानुनी इतिहासमा सम्बन्ध विच्छेदको सबैभन्दा ठूलो घटना रुपमा लिइएको बीबीसीले जनाएको छ । बेलायती हाई कोर्टले प्रिन्सेस हया बिन्त अल हुसेनलाई २५ करोड १५ लाख पाउण्ड दिनुपर्ने फैसला सुनाएको थियो ।

हया जोर्डनका पूर्व शासक हुसेनकी छोरी हुन् । उनी अहिले ४७ वर्षकी छन् । शेख मोहम्मद बिन राशिद अल मकतुम संयुक्त अरब इमिरेट (यूएई)का प्रधानमन्त्री हुन् । उनले ६ वटा विहे गरेका थिए । हया उनकी कान्छी श्रीमती थिइन् ।

बेलायती अदालतले प्रिन्सेस हायालाई दिइने रकमले दुई सम्पन्तको हेरचाह, सुरक्षा बजेट, बिदा, एक नर्स, कामदारको ज्याला र उनको बस्ने खर्च, परिवारका लागि गाडी र पाल्तु जनावरको लागि गरिने खर्च हुने जनाएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

फैसलामा दुई बालबालिकालाई ५६ लाख पाउण्ड वार्षिक रुपमा दिन भनिएको छ । दुई मध्ये १४ वर्षकी एक छोर र एक ९ वर्षका छोरा छन् । उनले २९ करोड पाउण्डको ग्यारेन्टी पनि दिनु छ । हाया आफ्ना छोराछोरीका साथ २०१९ मा दुबईबाट भागर बेलायत पुगेकी थिइन् । एजेन्सी

प्रकाशित : २०७८ पुष ७, बुधबार ०५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ