दिल्ली सरकार एक्सनमा : क्रिसमस र नयाँ वर्षमा भीडभाड गर्न नदिने


भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षमा कुनै पनि जमघट गर्न नपाइने भएको छ । कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम)लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो । जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ ।

व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ । ‘सबै डीएम र जिल्ला डीसीपीले क्रिसमसम वा नयाँ वर्षका अवसरमा कुनै पनि कार्यक्रमरजमघटरसमारोह आयोजना नहुने कुराको सुनिश्चित गर्नुपर्ने छ’, आदेशमा भनिएको छ ।

हालसम्म १०६ मुलुकमा फैलिइसकेको ओमिक्रोन भेरियन्टका संक्रमित भारतमा समेत बढिरहेका छन् । त्यहाँ बुधबारसम्म कुल २१३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी दिल्लीमा छन् । त्यहाँ ओमिक्रोनबाट हालसम्म ५७ जना संक्रमित भएका छन् ।

प्रकाशित : २०७८ पुष ७, बुधबार १९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ