कोरोना विरुद्धको ट्याब्लेटले पायो स्वीकृति


फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ट्याब्लेटले अमेरिकामा स्वीकृति पाएको छ । अमेरिकी औषधि नियामक फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले घरेलु प्रयोगको लागि सो ट्याब्लेटलाई घरेलु प्रयोगका लागि स्वीकृति दिएको हो ।

फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ । यो ट्याबलेट चिकित्सकोे निगरानीमा मात्र नभइ बिरामीले घरमै लगेर डाक्टरको सल्लाहअनुसार सेवन गर्न सक्नेछन् ।

कोरोना विरुद्धको उक्त ट्याब्लेटले संक्रमणलाई छिटो फैलिनबाट रोक्ने दाबी गरिएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा यो औषधि ओमिक्रोन भेरिएन्टमा पनि प्रभावकारी देखिएको छ ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ