नेताहरूले पनि जनताको विश्वास जित्न सकेनन् : माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एकिकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले एउटा व्यक्तिको तानाशाही नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राष्ट्रियताको सवालमा भने दलहरूबीच विमति नहुने बताए ।उनले राष्ट्रियतको नाममा दास र एउटा व्यक्ति र वंशको तानाशाही स्वीकार्य नहुने उल्लेख गरे ।

नेपालको इतिहास अब पछाडि नफर्किने तर नेताहरूले पनि जनताको विश्वास जित्न नसकेको उनले बताए । अहिले पनि नेताहरूप्रति जनताको विश्वास कायम हुन नसकेको उनको भनाइ छ । देशमा भ्रष्टचारले नेताहरूप्रति जनता विश्वस्त हुन नसकेको उनले बताए ।

उनले नयाँ नेपाल निर्माण गर्ने विषयमा वृहत्तर छलफल गर्न जरुरी रहेको बताए । “हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीले पत्याउने छैनन्,” उनले भने ।

प्रकाशित : २०७८ पुष ११, आईतवार १८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ