भारतमा दुई नेपाली मजदुर मृत भेटिए


काठमाडौं । भारतको उत्तराखण्डको पिथौरागढमा दुई नेपाली मजदुर मृत फेला परेका छन् । पिथौरागढको गुरौली गाउँमा उनीहरु मृत फेला परेका हुन् ।

टाइम्स अफ इण्डियाका अनुसार उनीहरु दुवै जना गुरौलीमा आफ्ना अन्य साथीहरुसँग बस्दै आएका थिए । सोमबार साँझ उनीहरु ४ किलोमिटर टाढा रहेको कनालिछेना बजार गएका थिए । तर, उनीहरु फर्केनन् ।

मंगलबार बिहान अर्का नेपालीले मजदुरलाई फेला पारेका थिए र प्रहरीलाई खबर गरेका थिए । प्रहरी गुरौली पुलमा पुग्दा मजदुरको मोबाइल फोन, चप्पल र रक्सीको बोतल फेला परेको थियो ।

प्रहरीले उनीहरुको शव पोस्टमार्टमको लागि पठाएको समाचारमा उल्लेख छ । समाचारमा मृत्यु हुनेको नाम भने उल्लेख गरिएको छैन ।

प्रकाशित : २०७८ पुष १४, बुधबार १२:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ