सन्त कालीचरण पक्राउ, यस्तो छ आरोप


भारतका प्रसिद्ध सन्त कालीचरण महाराज पक्राउ परेका छन् । छत्तीसगढको राजधानी रायपुरमा आयोजित संसद धर्म समारोहमा विवादित अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

महात्मा गांधीमाथि अमर्यादित टिप्पणी गरेकाले उनलाई पक्राउ गरी रायपुर प्रहरीले आवश्यक कारबाही अगाडी बढाएको आजतकले जनाएको छ । खजुराहा भन्ने स्थानबाट पक्राउ परेका सन्त कालिचरणमाथि देशको कैयौं प्रहरी कार्यालयमा मुद्दा दायर छ ।

विवादित अभिव्यक्ति दिएपछि सुरु भएको विरोधका कारण कालीचरण सम्पर्क विहिन बनेका थिए । उनलाई रायपुर प्रहरीले महाराष्ट्र र मध्य प्रदेशमा खोजी जारी राखेको थियो । उनीमाथि धारा ५०५ (२) र धारा २९४ अन्तर्गत मुद्दा दायर गरिएको छ ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ