राजमार्ग अवरुद्ध पारेपछि गो’ली चलाउनुपर्यो : डिएसपी बस्नेत


टुडेखोज, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व-पश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारेपछि प्रहरीले रबरको गो’ली चलाउँदा जनमत पार्टीका ५ कार्यकर्ता घाईते भएका छन् ।

घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन् । उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहको छ । २ जनाको गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको बुझिएको छ ।

राजमार्ग अवरुद्ध गरेकाले गो’ली चलाउनु परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले भने- राजमार्ग अवरुद्ध गर्न पाइदैन । उनीहरु राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गो’ली चलाउन बाध्य भयो । उनका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्ने सहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

प्रकाशित : २०७८ पुष १८, आईतवार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ