नयाँ दिल्लीमा हप्तामा २ दिन कर्फ्यू, मास्कविना हिडडुल गर्न रोक


एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ । भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो ।

कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो सम्म भारतभर १ हजार ७ सय जनामा ओमिक्रोन देखिएको छ ।

यसैबीच कोभिड संक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिएको छ । मास्कविना यात्रा गर्नेलाई कारबाही गर्ने भनिएको छ

त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ । सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ ।

प्रकाशित : २०७८ पुष २१, बुधबार ०७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ