दुबईमा एक मधेसी मजदुरको मृत्यू


जनकपुरधाम । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।

एक महिनाअघि दुबईमा मृत्यु भएका चौधरीको शव घर ल्याइएको छ । उनी नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका थिए । आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो ।

छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए । तर, उनको मंसिरमा दुबईमै ज्यान गएको बताइएको छ । मृतक चौधरीका दुई छोरा र पत्नी पनि छन् ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ