प्रदेश २ : मृतकलाई धार्मिक शहिद घोषणा गर्ने पनि सहमती !


बारा । दुई पक्षबीचको झडपमा परी घाइते भई उपचारको क्रममा मृत्यु भएका कलैया उपमहानगरपालिका १९ का १८ वर्षीय राधेश्याम पटेलको परिवारलाई सरकारबाट राहत, धार्मिक शहिद घोषणा, आरोपितलाई पक्राउ र मृतक परिवारलाई रोजगारी दिने सहमति भएको छ ।

१३ दिनिभत्र यो सहमति कार्यान्वयन गर्ने विभिन्न पक्षबीच सहमति भएपछि विरोध प्रदर्शन बन्द गरिएको सर्वपक्षीय बैठकमा सहभागी जसपा पार्टीका कलैया नगर अध्यक्ष शिवनाथ पटेलले बताए । सहमतिपछि दिनभर अवरोध कलैया-वीरगन्ज यातायात बेलुकादेखि खुलेको छ ।

मृतक परिवार, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा भएको बैठकमा जिल्लाका सुरक्षा प्रमुखहरू, राजनीतिक दलहरूबीच यस्तो सहमति भएको हो । सहमतिपछि शवलाई दाहसंस्कार गरिने भएको छ ।

कलैया नगरपालिका वडा १९ र २५ को सिमानामा पर्ने इनरवारी गाउँमा गत कात्तिक २५ मा हिन्दुहरूले मनाउने छठ पर्वको विषयलाई लिएर दुई पक्षबीच भएको झडपमा परी राधेश्यामसहित ४ जना घाइते भएका थिए ।

घाइतेमध्येका कलैया १९ का १८ वर्षीय राधेश्याम पटेलको बुधबार राति उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीले आरोपितलाई पक्राउ नगरेको विरोधमा पीडित र स्थानीयहरूले बिहीबार प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका थिए । उनीहरू कलैया-वीरगन्ज सडकको सिसहनीयामा यातायात अवरूद्ध गरेका थिए ।

प्रदेश २ : छठपूजाको झडपमा घाइते युवकको मृत्यु, सडक अवरुद्ध गरेर प्रदर्शन

प्रकाशित : २०७८ पुष २२, बिहीबार २१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ