संकटमा दिल्ली : हजारौं प्रहरीमा समेत कोरोना पुष्टि


भारतको दिल्लीका करिब एक हजार प्रहरीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी तथा अतिरिक्त प्रहरी कमिस्नर चिन्मय विश्वाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार अहिले सबै संक्रमित प्रहरी क्वारेन्टिनमा बसेका छन् । दिल्लीमा समग्रमा ८० हजार प्रहरी छन् । पछिल्लो समय दिल्लीमा उल्लेख्य मात्रामा कोरोना संक्रमण बढेको बताइएको छ ।

अहिले दिल्लीमा कोरोनाको संक्रमणदर २३ प्रतिशतको हाराहारीमा देखिएको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै भारतमा ठूलो संख्यामा कोरोन संक्रमण फैलिएको हो ।

प्रकाशित : २०७८ पुष २७, मंगलवार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ